
बोस्टन : गायक तिलक श्रेष्ठको एकल गायनको गीति एल्बम 'उषा' अमेरिकाको न्यु ह्याम्सर राज्यको म्यानचेस्टर शहरमा शनिबार सार्वजनिक गरिएको छ।
उक्त एलबम गायिका सपना श्री, समाजसेवी सोम गुरूङ्ग, गायक रोशन गुरूङ्ग, समाजसेवी रविन थापा आदिले सामूहिक रूपमा सार्वजनिक गरे।
हरि लम्सालको संगीत रहेको यो एलबममा ७ गीत छन् । गीतहरूस् किशोर थापा (धड्कन बिना), रोशन पाल्पाली (म अँधेरी रात), राजेन्द्र थापा (पिरो खुर्सानी), डा कृष्णहरि बराल (कोही छ), लोकराज बराल (सक्दिन), पासाङ्ग शेर्पा (सुनसान बगरमा) र संगीतकार हरि लम्साल (तिमी त चैनको) ले लेखेका हुन्।
लोकराज बरालले लेखेको गीत 'सक्दिन' मा मिलन अमात्यले श्रेष्ठलाई साथ दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।