समाज

काली खोलाले बगाएर मृत्यु

साउन २७, २०७६

    उदयपुर : जिल्लाको बेलका नगरपालिका-१ आम्बासीका ६६ वर्षीय राजकुमार तामाङको खोलाले बगाएर मृत्यु भएको छ। आइतबार दिउँसो तामाङलाई स्थानीय काली खोलाले बगाएको भनी सूचना पाएलगत्तै भागलपुरको प्रहरी टोली घटनास्थल पुगेको थियो।

    खोजतलास गर्ने क्रममा प्रहरीले काली खोलाको दोभानमा तामाङको शव फेला पारेको थियो। उक्त स्थानमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट समेत खटिएको टोलीले कानुनी प्रकृया पूरा गरी शव परीक्षणको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ। अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]