फिचर : फोटो फिचर

आरक्षण बचाउ आन्दोलन बालुवाटारमा (फोटो फिचर)
SHARES

साउन २८, २०७६

    काठमाडौं : लोकसेवा आयोगले स्थानीय तहका लागि माग गरेको विज्ञापन खारेजीको माग गर्दै आरक्षण बचाउ आन्दोलनका अभियान्ताहरूले प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको छ।

    संघीयताको मूलमर्म र समानुपातिक समावेशीको सिद्धान्तविपरीत प्रकाशित विज्ञान खारेजीका लागि सरकारलाई दबाब दिन उनीहरू प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा प्रदर्शन गरेका हुन्। उनीहरूले विज्ञापनलाई खारेज गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए।

    आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले आयोगले खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिइरहेका छन्। उनीहरूले सो विज्ञापन खारेज नभएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन्।

    सरकारको सिफारिसमा आयोगले स्थानीय तहका लागि जेठ १५ गते ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको थियो भने साउन ४ गते परीक्षा लिएको थियो।

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]