छापा

सिंगापुरबाट फर्किएपछि प्रधानमन्त्री सक्रिय

साउन २९, २०७६

    काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन्।

    उपचारका लागि १० दिन सिंगापुर बसेर सोमबार फर्कनेबित्तिकै नेकपा अध्यक्षसमेत रहेका ओली सचिवालय बैठकको तयारीमा जुटेका हुन्। यस क्रममा उनले सचिवालय सदस्यहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरेका छन्।

    प्रधानमन्त्री ओलीले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग बालुवाटारमा भेटघाट गरेका थिए। उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ।

    ‘प्रधानमन्त्री आफ्नो दैनिक काममा सक्रिय भइसक्नुभएको छ। उहाँले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट थालिसक्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्री फर्केलगत्तै उपप्रधानमन्त्री, पार्टी अध्यक्ष, महासचिवलगायत नेताहरूसँग भेटघाट गर्नुभएको छ। मंगलबार पनि बिहानैदेखि पार्टी नेताहरूसँग सचिवालय बैठकको गृहकार्यका लागि भेटघाट गर्नुभएको छ।’ सचिवालय बैठक बुधबार बस्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]