दाङ : राप्ती आँखा अस्पताल तुलसीपुरमा आँखाका बिरामीहरु ह्वातै बढेका छन्। अन्य समयभन्दा वर्षायाममा बिरामीको संख्या गरेको अस्पतालले जनाएको छ। वर्षायाममा पानी तथा अन्य कारणले आँखाको संक्रमण बढी हुने गरको अस्पतालले जनाएको छ।
दैनिक जसो ६/७ जना बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको अस्पतालकी प्रमुख निर्देशक डा. सुलक्ष्मी कटुवालले जानकारी दिइन्। अन्य समयभन्दा वर्षायाममा दाङलगायत अन्य छिमेकी जिल्लाका बिरामीहरु धेरै आउने गरेको उनको भनाइ छ।
‘यस आँखा पाक्ने सिजन भएकाले पनि बिरामीहरु दैनिक जसो बढ्दै गएको छ,’ उनले भनिन्, ‘विशेष गरी आइतबार र सोमबार अझ धेरै आउँछन्।’
वर्षायाममा पानी दुषित हुने र त्यो आँखामा परे संक्रमण हुने डा. कटुवालले बताइन्। आँखा पाक्ने रोग एउटा व्यक्तिबाट अर्काेमा सर्ने भएकाले सतर्क रहन सुझाव दिएकी छन्। आँखा चिलाउने, बिझाउने र कचेडा आउने भए अस्पताल जानुपर्ने उनले बताइन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।