राजनीति

विश्वविद्यालयमा शिक्षामन्त्रीलाई शक्तिशाली बनाउनुपर्ने माग
SHARES

भदौ १, २०७६

    काठमाडौं : विश्वविद्यालयका सहकुलपतिको अधिकार ऐनमै किटान गर्नुपर्ने सांसदहरूले माग गरेका छन्। सांसदहरूले सहकुलपतिलाई अहिलेको भन्दा थप शक्तिशाली बनाउने गरी अधिकार प्रदान गर्नुपर्ने धारणा राखेका हुन्। विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री रहने गरेका छन्।

    शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि भइरहेको दफावार छलफलमा संघीय संसद राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सांसदहरूले आइतबारको बैठकमा विश्वविद्यालय सभा र दीक्षान्त समारोहमा मात्र होइन अरु बेला पनि कुलपतिको अनुपस्थितिमा सहउपकुलपतिले अधिकार प्रयोग गर्न सक्ने ऐनमै व्यवस्था गर्न सुझाव दिएका हुन्।

    विश्वविद्यालय वा मातहतका आंगीक र सामुदायिक शैक्षिक संस्थामा दलित, अपांगता र विपन्न वर्गका छोराछोरीलाई उच्च शिक्षामा निःशुल्क हुने गरी कानून तर्जुमा गर्ने समितिमा मतैक्यता भएको छ।

    उक्त विधेयकको प्रतिवेदनमाथिको दफावार छलफलमा सांसदहरूले विश्व विद्यालयमा भर्ना भएका दलित, अपांगता भएका र आर्थिक रुपले विपन्न छात्रछात्राका लागि उच्च शिक्षा निःशुल्क गर्ने विषय ऐनमै उल्लेख गर्न सुझाव दिएका थिए।

    विपन्न भन्नाले सरकारद्वारा तोकिएको आयभन्दा न्यून आय भएका व्यक्तिलाई जनाउँछ। दलित विद्यार्थीका लागि प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा एक पटक भर्नाका लागि तोकिएको सिट सुरक्षित गरिने व्यवस्था विधेयकमा गरिएको छ। अपांगता भएका व्यक्तिका छोराछोरी तथा अपाङ्गता भएका छात्रछात्रालाई उच्च शिक्षा निःशुल्क हुने व्यवस्था गर्न पनि बैठकमा सहमति भएको छ।

    सरकारले जेहन्दार, विपन्न र आरक्षित कोटा तोकेर छात्रवृत्ति प्रदान गर्दै आएको छ। सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा भएको उक्त बैठकमा केही सांसदले लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका शहीद, बेपत्ता र अङ्गभङ्ग भएका व्यक्तिका सन्ततिलाई पनि ऐनमै छात्रवृत्ति पाउनेसम्बन्धी व्यवस्था गर्न सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]