विश्व

जापानकी पूर्वमहारानीलाई स्तन क्यान्सर, शल्यक्रियाको तयारी
SHARES

भदौ २२, २०७६

    जापानकी पूर्वमहारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ।

    आइतबार ८४ वर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको शल्यक्रिया गर्न लागिएको उनको पारिवारिक स्रोतले जनाएको छ।

    मिचिकोका पति अकिहितोले गत अप्रिलमा औपचारिक रूपमा राज्यसत्ता त्याग गरेकी थिइन्।

    विश्वमा विगत झण्डै २०० वर्षको राजतन्त्रको इतिहासमा जीवित रहेका राजाले स्वेच्छाले राजकाज त्याग गरेको पहिलो घटना भएको बताइएको छ।

    महारानी मिचिकोको शल्यक्रिया टोकियो विश्वविद्यालयको अस्पतालमा गर्ने तय भएको अधिकारीहरूले जनाएका छन्।

    स्थानीय संचार माध्यमहरूका अनुसार उनको शल्यक्रिया केही घण्टामै सकिएर त्यसको नतिजा पनि आइतबार बेलुकासम्ममा सार्वजनिक भइसक्ने छ।

    शल्यक्रिया गर्नुअघि पूर्वराजा अकिहितो र उनकी छोरी सायाको कुरोदाले मिचिकोलाई अस्पतालमै भेटेका थिए।

    छोरी सायाकोले एक सर्वसाधारणसँग विवाह गरेपछि उनको राजकुमारीको पदवी खोसिएको थियो।

    जापानका पूर्वराजा अकिहितो र पूर्वरानी मिचिकोले विश्वमा परम्परागत राजतन्त्रलाई नाटकीय रूपमा आधुनिकीकरण गरेको मानिन्छ।

    पूर्वरानी मिचिकोको जन्म सन् १९३४ मा टोकियोस्थित टोकियो विश्वविद्यालयको अस्पतालमै भएको थियो।

    विश्वविद्यालयमा अंग्रेजी साहित्य पढ्नुअघि उनले बालिका मात्र पढ्ने क्रिश्चियन स्याक्रिड हार्ट स्कुलमा अध्ययन गरेकी हुन्। 

    उनको कोखबाट वर्तमान राजा नारुहितोको जन्म सन् १९६० मा भएको थियो। उनका दोस्रो छोरा अकिशिनोको जन्म सन् १९६५ मा भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]