राजनीति

नेपाल–चीन सम्बन्ध झन बलियो : अध्यक्ष प्रचण्ड
SHARES

भदौ २४, २०७६

    काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र चीनबीचको सम्बन्ध झन प्रगाढ बन्दै गएको बताएका छन्। 

    मंगलबार बिहान चिनीयाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्तामा दुई देशको सम्बन्धलाई झन प्रगाढ भएको बताएका हुन्। वाङ यीसँग भएको भेटवार्ता पछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेपाल चीनको सम्बन्धका बारेमा छलफल भएको बताए। भेटमा सम्बन्धलाई थप प्रगाढ बनाउने बारेमा छलफल भएकाे बताए।  

    त्यस्तै अध्यक्ष प्रचण्डले राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको बारेमा पनि कुराकानी भएको बताए। उनले भने, ‘राष्ट्रपति सीको नेपाल भ्रमणको बारेमा कुरा भयो, मन्त्री अत्यन्तै सकारात्मक हुनुहुन्छ।’

    त्यस्तै चिनियाँ पार्टी र आफ्नो पार्टीको सम्बन्ध सुधार गर्ने बारेमा पनि भेटमा कुराकानी भएको प्रचण्डले पत्रकारलाई जवाफ दिए।  मुल एजेण्डामा छलफल नै भएन  नि त भन्ने पत्रकारको प्रश्नमा उनले कुनै जवाफै दिन चाहेनन्। 

    तीन दिने नेपाल भ्रमणमा रहेका वाङ यीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन्।  वाङले  हिजो प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेट गरेका थिए।

    त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग द्विपक्षीय छलफल भएको थियो। मन्त्री वाङ आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]