राजनीति

'विपी कोइराला सच्चा राष्ट्रवादी नेता थिए'
SHARES

प्रतीकात्मक तस्विर
भदौ २४, २०७६

    काठमाडौं : नेपाली कांग्रेसका नेताहरूले पूर्वप्रधानमन्त्री विपी कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताएका छन्।

    विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश (क)ले मंगलबार आयोजना गरेको कार्यक्रममा विपी कोइराला राष्ट्रप्रेमी नेता भएको कांग्रेस नेताहरूले बताएका छन्।

    कार्यक्रममा पूर्वमन्त्री एवं कांग्रेसका सांसद भीमसेनदास प्रधानले विपी कोइराला राष्ट्रवादी व्यक्तित्व भएको बताएका थिए। 'मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाबाट देशले पाठ सिक्नुपर्छ', उनले भनेका थिए। पूर्वरक्षामन्त्री प्रधानले सरकारको कार्यशैलीप्रति नेपाली जनतामा निराशा छाएको बताए। दुईतिहाइको सरकारले जनताको इच्छा र चाहनाबमोजिम काम गर्न नसकेको उल्लेख गर्दै उनले नेपाली कांग्रेसभित्र जनतामा भन्दा पनि नेतामा जागरण अभियान आवश्यक रहेको बताए।

    कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जिल्ला, प्रदेश र वडामा पार्टीको संगठनलाई ऊर्जाशील बनाउन जागरण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। उनले भने, 'कार्यकर्ता नेतासँग भन्दा पनि नेता कार्यकर्तासम्म पुग्ने वातावरण निर्माण नगरेसम्म काङ्ग्रेस बलियो हुन सक्दैन।'

    पार्टीको तर्फबाट जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि दयाराम पाण्डेले वडा र गाउँमा कांग्रेस बलियो नभइकन केन्द्रमा बलियो हुन नसक्ने बताए। कांग्रेसको सिंगो संगठनलाई बलियो बनाउन जागरण अभियानले सहयोग पुग्ने उनको भनाइ थियो।

    काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले विपी कोइराला महान् राजनीतिक व्यक्तित्व भएकाले विपी कोइरालालाई सिङ्गो देशले सम्झनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]