राजनीति

ओली र मोदीले रिमोट थिचेर गरे पेट्रोल पाइपलाइनको उद्घाटन (भिडियो)
SHARES

भदौ २४, २०७६

    काठमाडौं : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले  मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

    प्रधानमन्त्रीद्वय ओली र मोदीले मंगलबार क्रमशः काठमाडौंको सिंहदरबार र दिल्लीको हैदरावाद हाउसबाट मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको रिमोटबाट उद्घाटन गरेका हुन्।

    उद्घाटन कार्यक्रम पछि भिडियो कन्फ्रेन्समार्फत ओली र मोदीले आफ्ना धारणा राखेका थिए।

    प्रधानमन्त्री ओलीले आजबाट नै नेपालमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको जानकारी गराएका थिए। ओलीले भने, 'ट्रेड र ट्रान्जिटलाई ध्यानमा राखेर गरिएको यो महत्वपूर्ण परियोजना हो। यसलाई कार्यान्वनमा ल्याउनका लागि भारत सरकार र प्रधानमन्त्री मोदीले खेलेको भूमिकाका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु।'

    भारतले नेपालमा विभिन्न परियोजना संयुक्त रूपमा निर्माणका लागि अगाडि बढाएको र तिनलाई सम्पन्न गर्नका लागि भूमिका खेल्न पनि प्रधानमन्त्री ओलीले मोदीलाई आग्रह गरेका थिए। उनले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए।

    जवाफमा मोदीले नेपाल- भारत सम्बन्ध बलियो बनाउनका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने बताएका थिए। उनले भने, 'हाम्रो साझेदारी अझ बलियो बनाउने र नयाँ नयाँ क्षेत्रमा लगानी गर्नका लागि हामी एकसाथ छौँ। विभिन्न परियोजना समयमा पूरा गर्नमा हामी दुवै सरकारको प्राथमिकता रहेको छ। यो परियोजना अहिले सम्पन्न भएको छ र आगामी दिनमा बाँकी काम सम्पन्न हुनेछन्।'

    मोदीले थपे, 'यो दक्षिण एसियाको पहिलो सीमापार पेट्रोलियम लाइन हो। यो परियोजना समयसीमाभन्दा पहिले नै सम्पन्न भएकोमा नेपाल सरकारको नेतृत्व र हाम्रो संयुक्त प्रयासबाट भएको हो।'

    यो परियोजना सम्पन्न भएकोमा आफूलाई खुसी लागेको मोदीले बताएका थिए। 'यो काम नेपालको सामान्य नागरिकको भलाईको लागि भएको हो। यसमा हामीलाई साँक्षी र भागीदार बन्ने मौका मिलेकोमा सन्तोष मिलेको छ', मोदीले भने।

    मोदीले नेपालमा विविध क्षेत्रमा साझेदारी बढाउन आफू र भारत सरकार तयार रहेको बताएका थिए। उनले नेपालमा लगानी गर्न भारत प्रतिबद्ध रहेको बताएका थिए। उनले नेपाल-भारत सम्बन्धको आधार जनता भएको र राजनीतिक तहमा पनि अभूतपूर्व सम्बन्ध रहेको बताएका थिए।

    प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै मोदीले आफू छिट्टै नेपाल आउन चाहेको पनि बताएका थिए।

    हेर्नुहोस् भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]