राजनीति

काठमाडौंमा निर्माण हुने भए नेपाल प्रहरीका लागि तीन ठूला भवन
SHARES

फाइल फोटो
भदौ २४, २०७६

    काठमाडौं : नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र बहुउद्देश्यीय भवनको एक साथ शिलान्यास गरेको छ।

    मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टेकुमा महानगरीय अपराध महाशाखा, भद्रकालीमा महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल पुलिस क्लबमा बहुउद्देश्यीय भवन निमार्णको शिलान्यास गरेका हुन्।

    २०७२ सालको भूकम्पले हनुमानढोकास्थित महानगरीय प्रहरी परिसरको भवन भत्काएपछि प्रहरीले कहिले त्रिपालमा त कहिले टेकुमा रहेर सेवा प्रदान गर्दै आएको थियो। अब भने आधुनिक र सुविधासम्पन्न भवन बनाउन लागिएको हो। तीनवटै स्थानमा भवन निर्माणको सिलन्यास पछि नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले राष्ट्रले सुम्पेको जिम्मेवारी अक्षरशः पालना गर्न मातहतलाई निर्देशन दिएका थिए।

    जिम्मेवारी निर्वाह गर्ने क्रममा कहिलेकाहीँ मिलिभगत देखिने गरेको उल्लेख गर्दै महानिरीक्षक खनालले सरकारको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्दै पारदर्शीता र सुशासन कायम गर्ने सवालमा अहोरात्र खटिनुपर्नेमा पनि सचेत गराएका थिए। उनले भने, 'प्रहरीको कामकारबाही पारदर्शी बन्न नसक्दा प्रहरीमाथि नै जनताको भरोसा र विश्वास टुट्ने भएकाले आफ्नो जिम्मेवारीमा सधै सचेत र सजग हुनुपर्नेछ।'

    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक इन्जिनियर लोकेशचन्द्र सिंहले तीनवटै भवन अत्याधुनिक, सुविधासम्पन्न बनाइनुका साथै दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको जानकारी दिएका थिए।

    टेकुमा ९ रोपनी क्षेत्रफलमा बनाउन लागिएको महानगरीय अपराध महाशाखाको भवन ७५ हजार स्क्वायरफिटको हुने छ भने भद्रकालीमा निर्माण गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमडौंको भवन १२ रोपनी क्षेत्रफलमा एक लाख ७२ हजार स्क्वायर फिटको हुने सिंहले जानकारी दिए।

    त्यसैगरी नेपाल पुलिस क्लबमा निर्माण हुने बहुउद्देश्यीय भवन ७ सय ५० जना अट्ने क्षमताको हलसहित विभिन्न  सभा हलहरू समेत रहने बताइएको छ। तीनवटै भवन भुकम्प प्रतिरोधी हुनुका साथै वातावरणमैत्री हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]