राजनीति

सांसद गिरिले भने : नेपालको विकास गर्न बिपीको मार्गदर्शनमा हिँडौँ
SHARES

'साइकलमा स्याउ बेच्नेसँग कर उठाउने सरकार एनसेलसँग किन डराएको?'

भदौ २४, २०७६

    काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदिप गिरिले विकासको वैकल्पिक बाटो अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

    प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद गिरिले मुलुकको विकासका लागि पुँजीवाद र पुँजीवादको अनुकरणमा हिँडेका साम्यवादी बाटोले पनि नहुने भएकाले वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने धारणा राखेका हुन्।

    स्वर्गीय बिपी कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएँको भन्दै गिरिले बिपीले देखाएको बाटोमा हिँड्न आग्रह गरेका थिए। उनले भने, 'कुनै पनि विकास कुनै पनि समाजवाद कुनैपनि  साम्यवाद मनुष्यलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्छ।  मनुष्य साध्य हो। मनुष्य साधन होइन। केही हुँदैन विकास हुँदैछ। दुईचारवटा मान्छे मरे मरुन। दुईचार महिला बलात्कृत भए हुन्, भन्न पाइँदैन।  प्रत्येक मनुष्य साध्य हो। त्यो बिपीको मान्यता छ।'

    विश्वभरमा नै अहिले विकासको वैकल्पिक बाटोबारे छलफल भइरहेको भन्दै गिरिले अनाहक ऋणको बोझमा पारेर सिंगापुर  र स्वीजरल्याण्डको सपना देखाएर नभइ सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरेका थिए।

    उनले भने, 'बिपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन। म नेपालका पिएचडीलाई , डाक्टरलाई , बुद्धिजीवीलाई , विद्धानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु।' बिपीको कुरा उल्लेख गर्दै उनले थपे, 'चहराइरहेका घाउमा मल्हम लगाउन, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजारी र गुप्त बेरोजारी सम्बोधन गर्न तथा ठुलाठुला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन भन्दै आएको छु।' विकासका बारेमा बिपीले देखाएको वैकल्पिक बाटोतर्फ सोच्न सरकारको ध्यानाकर्षण गराएका थिए।

    सांसद अनिलकुमार झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुर्नस्थापनाको काम प्रभावकारी रूपमा संञ्चालन गर्नका लागि तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। प्रत्येक वर्ष प्रदेश २ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उनले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पूर्व तयारी लगायतको आवश्यक बन्दोबस्तीको काम गर्नका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए।

    सांसद रंगमति शाहीले शान्ति सुरक्षा, राजश्व असुली, जनताका न्यूनतम आधारभूत आवश्यकताको सर्वसुलभ आपूर्तीलगायत कुनै पनि क्षेत्रमा सरकारले प्रभावकारी रूपमा उपस्थिति जनाउन नसकेको टिप्पणी गरेकी थिइन्। साइकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेलसँग कर असुली गर्न नसकेको आरोप उनको थियो।

    उनले भनिन्, 'खाली हात जाने कि भरि हात जाने भनेर हामीलाई चिन्ताको विषय भएको छ। जनताको माझ के सन्देश लिएर जाऊँ? प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाज कार्यालयको बोर्ड थन्किएको छ। टिकट काट्नका लागि आह्वान गर्नुहुन्छ। जनता लाइनमा छन्। जनताले टिकट पाएका छैनन भनेर जाम कि? मेलम्चीको पानी बगर काठमाडौंका खाल्डाखुल्डीमा पानी भरिएको छ। ती खाल्डामा पानी जहाज चलेका छन् भनेर सन्देश लिएर जाम् कि?'

    सम्बन्धित समाचारः 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]