राजनीति

पेट्रोल पाइपलाइनको उद्घाटनपछि मोदीको नेपाली ट्विट : नेपाल र भारतबीचको सहकार्यमा नयाँ उचाइ
SHARES

भदौ २४, २०७६

    भारतीय प्रधानमन्त्री नरेन्द्न मोदीले ट्विट गर्दै नेपाल र भारतबीचको सहकार्याले जनतालाई परस्पर लाभको नयाँ उचाइ प्राप्त भएको बताएका छन्। उनले मंगलबार नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पदार्थको पाइपलाइन परियोजना उद्घाटनपछि नेपाली भाषामा ट्विट गर्दै मोतिहारी अमलेखगञ्ज पाइपलाइनले नेपालीलाई सुलभ मूल्यमा अझै सफा पेट्रोलियम पदार्थ दिने उल्लेख गरेका छन्।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र मोलीले नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पदार्थको पाइपलाइन परियोजनाको संयुक्त उद्घाटन गरेका गरेका थिए। ओलीले सिंहदरबार र मोदीले हैदरावाद हाउसबाट रिमोट थिचेर नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार अप्राह्न उद्घाटन गरेका हुन्।

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत् आ–आफ्नो मुलुकबाट संयुक्त रूपमा स्विच थिचेर भारतको मोतिहारीबाट नेपालको अमलेखगंजसम्म बिच्छ्याइएको सो पाइपलाइन परियोजनाको उद्घाटन गरेका हुन्। यो पाइपलाइन दक्षिण एशीयाकै पहिलो क्रस बोर्डर परियोजना हो।

    मोदीले प्रगतिको फल मित्र राष्ट्रसँग बाँढेको बताउँदै पाइपलाइन उद्धाटन गर्न पाउँदा आफू हर्सित भएको पनि उल्लेख गरेका छन्। 'प्रगतिको फल मित्र राष्ट्रहरूसँग बाँड्दै! मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ' उनले भनेका छन्, 'म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ।'

    उनले उक्त परियोजना निर्धारित समयभन्दा धेरै सम्पन्न भएको पनि उल्लेख गर्दै खुशी व्यक्त गरेका छन्।

     

    उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओली नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पुर्‍याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताका थिए। उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ।

    पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ। त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ। मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ। जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ।

    पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ। सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ ।

    निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो। सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]