राजनीति

नेता गौतमलाई डेंगुको संक्रमण नभएको पुष्टि
SHARES

फाइल फोटो
भदौ २४, २०७६

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगुको संक्रमण नभएको पुष्टि भएको छ। सोमबार ज्वरो आएपछि गौतमले टेकु अस्पताल परीक्षण गराएका थिए। परीक्षण रिपोर्टमा गौतमलाई डेंगुको संक्रमण नरहेको पाइएको हो।

    उनलाई शनिबार ज्वरो आएपछि चिकित्सकहरूले डेंगुको आशंका गरेका थिए। नेता गौतमका छोरा हरिश गौतमलेले सामाजिक सञ्जाल फेसबुकमार्फत उनी सामान्य रुघाखोकीका कारण घरमै आरामै गरिरहेको बताएका छन्। उनले सामाजिक सञ्जाल र समाचारमा आएजस्तो नेता गौतम डेंगुबाट संक्रमित नभएको जानकारी गराएका छन्।  

    कमरेड बामदेव गौतम सामान्य रुघाखोकीका कारण आराम गरिरहनु भएको छ । सामाजिक सन्जाल र समाचारमा आएजस्तो डेङ्गुको संक्रमण नरहेको जानकारी गराउदछौं ।

    Posted by Harish D Harish on Tuesday, September 10, 2019

     

    अहिले देशभर डंगुले महामरीको रूप लिएको छ। अहिले ६१ जिल्लामा डेंगुको संक्रमण फैलिएको सरकार तथ्यांकले देखाएको छ। कृषिमन्त्री चक्रपाणि खनाललाई समेत डेंगु देखिएको थियो भने वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतलाई पनि डेंगुको संक्रमण देखिएको छ। मन्त्री खनालको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो। उनी अहिले उपचार गराएर घर फर्किसकेका छन् भने डा रुइतको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]