समाज

सिन्धुपाल्चोक दुर्घटना अपडेट : ११ मृतकको सनाखत

असोज २४, २०७६

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। ६० जनाभन्दा धेरै घाइते भएका छन्। गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी दिए।

    उनका अनुसार अहिलेसम्म मृतक ११ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ६ जना पुरुष, ४ जना महिला र १ जना बालकको सनाखत भएको उनले बताए। सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन्। अन्य मृतकहरू जुनादेवी लम्साल, सुभाष अधिकारी, गणेश तामाङ, मीना मगर, रितेश आचार्य रहेका छन्। एक बालक सुमित पुर्कुटीको पनि सनाखत भएको छ।

    बा २ ख २७१५ नम्बरको बस क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’  बस दुर्घटनास्थलमा पुगी घाइतेहरूको अवस्था बुझ्न अस्पताल पुगेका छन्। उद्धार र उपचारमा कमी हुन नदिन उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

रमेश पराजुली

पराजुली थाहा खबरका सिन्धुपाल्चोक समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]