समाज

कोशीमा मरेको गोही भेटियो
SHARES

फाइल फोटो
कात्तिक २२, २०७६

    सप्तरी : जिल्लाको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ। सप्तरीको हनुमाननगर कङकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा नदीले बगाएर ल्याएको लगभग ७० किलोको पाँच फिट लामो देखिने लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

    कोशी नदीमा मरेको अवस्थामा गोही फेला परेपछि स्थानीयवासीले देखेर इलाका प्रहरी कार्यालय भारदहका प्रहरीलाई खबर गरेका थिए। मरेको अवस्थामा भेटिएको गोहीलाई कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

    यसैबीच चार महिनाको अवधिमा सप्तरी जिल्लाका विभिन्न नदी, पोखरीहरुमा करीब पाँचवटा अजिङ्गर (गोही) फेलापरेको छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]