समाज

प्रचारप्रसारका लागि बच्छलादेवी मन्दिरमा महायज्ञ
SHARES

कात्तिक २२, २०७६

    धादिङ/ काठमाडौं : ऐतिहासिक देवीको प्रख्यात मन्दिर भएर पनि प्रचारप्रसारको अभावमा ओझेल परेको भन्दै धादिङको धुनिबेशी-१ मैदानमा बच्छलादेवी ज्वालामुखी मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ  सुरु गरिएको छ। धुनिबेसीका स्थानीय भक्तजनहरूको पहलमा मन्दिर प्रांगणमा महायज्ञ सुरु भएको हो।

    कात्तिक २० गतेबाट सुरु भएको महायज्ञ २८ गते समापन हुनेछ। प्रमुख वाचकमा महिला शुधादेवी शास्त्री र उपवाचकमा अच्युत खनाल छन्।

    महायज्ञका माध्यमबाट यसक्षेत्रको संस्कृति र पहिचानबारे प्रचारप्रसार गरेर धुनिबेसीलाई उत्कृष्ट पर्यटकीय नगरीका रूपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।

    आयोजक कमिटीका सचिव गोकुल पौडेलले यो एउटा सप्ताह महायज्ञ मात्र नभई धर्म र संस्कृतिका माध्यमबाट सबै धुनिबेसीबासीलाई एकताको सूत्रमा जोड्ने मञ्चसमेत रहेको  बताए। साथै महायज्ञले हिन्दू धर्मको संरक्षण र प्रवर्द्धनमा जोड दिएको उनले सुनाए। 

    यो मन्दिर यस क्षेत्रकै निकै पुरानो मन्दिर रहेको परापूर्वकालमा यस मन्दिर भएको स्थानबाट आगोको ज्वाला निस्केको र स्थानीयबासीलाई प्रत्यक्ष देबीले दर्शनसमेत दिएकाले स्थानीयवासीले संरक्षण गरेर देवीको मन्दिर बनाएर राखेको इतिहास पाइन्छ। साथै अहिलेसम्म पनि देवीको मन्दिरमा रहेको ज्वालामुखीलाई ढकनले छेकिराखेको देख्‍न सकिन्छ। 

     महायज्ञमा सरिक भई कथा प्रवचन श्रवण गर्ने ,दैनिक पूजा अर्चना, भजन कीर्तन गरेर ज्ञान र धर्म दुवैको लाभ लिन भक्तजनहरूलाई आयोजक कमिटीले आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]