समाज

सुकुटेमा बस दुर्घटना : पीडितहरू आन्दोलित, गाडी गुड्न नदिने
SHARES

पीडितसँग वार्तामा बस्छौँ : अध्यक्ष कुँवर

कात्तिक २२, २०७६

    सिन्धुपाल्चोक : जिल्लाको सुकुटेस्थित सुनकोसीमा भएको बस दुर्घटनापछि अरनिको यातायातको सवारी साधनलाई मुडेबाट प्रवेश गर्न रोक लगाइने भएको छ। दुर्घटनापीडितले विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाउने जनाएका हुन्। 

    नियमविपरित क्षताभन्दा बढी यात्रु बोकेकै कारण सवारी दुर्घटना भएको भन्दै सवारीलाई रोक लनाउने निर्णय गरिएको सुकुटे बस दुर्घटना संर्घष समितिका संयोजक रिमल बाबु श्रेष्ठले विज्ञप्ति जारी गर्दै बताएका छन्।

    १९ जनाको मृत्यु, ५० बढी घाइते र अझै केही बेपत्ता हुने गरी भएको भयानक दुर्घटनाको जिम्मेवार निकायले बेवास्ता गरेकै कारण आफूहरूले यो कदम चाल्न बाध्य भएको संयोजक श्रेष्ठले जनाए। 

    ‘सरोकारवाला र दुर्घटना पीडितपक्ष बसेर पटक पटक छलफल गर्दासमेत जिम्मेवार निकाय कुनै निष्कर्षमा पुग्न नसकेपछि दोस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत सवारीलाई बन्द गराउन लागेका हौँ’, उनले भने, ‘२० गते विभिन्‍न मागसहित अरनिको यातायात समितिको पेश गर्दासमेत सुनुवाई गरेन। त्यसैले हामी प्रतिरोधमा उत्रन बाध्य भयौँ।’ 

    दुर्घटनमा परि शैलुङ गाउँपालिकाको एकै गाउँको १६ जनाको ज्यान गएको थियो। अहिले सो गाउँ शोकमग्न बनेको छ। तिहार मनाएर काठमाडौँ फर्कर्दै गरेको यात्रुको मृत्युपछि गाउँनै शोकमा डुबेको हो।

    दोलखाबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस आइतबार दिउँसो सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको थियो। 

    पीडितसँग वार्तामा बस्छौं : अध्यक्ष कुँवर

    दुर्घटना पीडितले यातायात समितिले बेवास्ता गरेको कुरालाई अस्वीकार गर्छन् अरनिको यातायात समितिका अध्यक्ष चित्र कुँवर। शव आफन्तलाई जिम्मा लगाएपछि मागबारे निष्कर्षमा पुग्न नसकेको उनले स्वीकार गरे। 

    समितिको र बिमाको नियम अनुसार प्रतिमृतक परिवार किरिया खर्च ४० हजार र बिमाबाट ५ लाख रुपैयाँ दिन आफूहरू तयार भएको बताए। ‘उनीहरूले सो भन्दा अलिक धेरै रकमको माग गरेका छन्। त्यस विषयमा आफूहरू वार्ताबाट समाधानको उपाय अपनाउन तयार छौँ,’ थाहाखबरसँगको कुराकानीमा भने।

    पीडितलाई सरोकारवालबाटै बेवास्ता 

    पीडितहरुले दुर्घटना भएपपछि देखिने सम्बन्धित निकायबाट नै बेवास्ता भएको बताएका छन्। दुर्घटना भएपछि पनि जिम्मेवार निकाय घटनाको धेरैपछि मात्रै उपस्थित भएका थिए। 

    स्थानीयकै सक्रियतामा तत्काल उद्धार गरेकाले दुर्घटनमा त्यो भन्दा धेरैको ज्यान जानबाट जोगिएको हो। दुर्घटनापछि उद्धार, बिरामी उपचार, शव व्यवस्थापन र अत्येष्टि गर्न पनि सरकारवाला पक्षबाट अपहेलना भएको दुर्घटना पीडितको आरोप छ।

रमेश पराजुली

पराजुली थाहा खबरका सिन्धुपाल्चोक समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]