राजनीति

सभामुख हुन सक्षम छु : उपसभामुख तुम्बाहाम्फे
SHARES

कात्तिक २३, २०७६

    बाँके : प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताइन्। 

    हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालिम दिएर काठमाडौँ फर्किने क्रममा शनिबार बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, 'प्रतिनिधिसभाका सबै माननीयको सभामुखमा दाबी गर्ने हैसियत छ। सबै सक्षम हुनुहुन्छ। हाम्रो संसदीय अभ्यासमा उपसभामुखमा कार्यरत व्यक्तिले सभामुख भएर चलाएको इतिहास पनि हामीसँग छ।' 

    उपसभामुख तुम्बाहाम्फेले सभामुख भएर काम गर्न र क्षमताको आधारमा अगाडि बढ्न तयार रहेको पनि उल्लेख गरिन्। 

    संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको प्रतिनिधित्वको कुरा उल्लेख भएकाले अब सत्तापक्षले सभामुख पद लिने कुरा भयो भने संविधानले जे भनेको छ त्यो कार्यान्वयन गर्न उपसभामुख पद अरू कुनै दललाई छोडिदिनुपर्ने उनको भनाइ थियो।

    'सभामुख सत्ता पक्षले लिन्छ भने त्यतिबेला उपसभामुखले मार्ग प्रशस्त गर्न संवैधानिक व्यवस्थाअनुसार राजीनामा गर्नुपर्ने अवस्था आउँछ। त्यसपछि के गर्ने भन्नेबारे दलहरुसँग छलफल गरेपछि मात्रै निर्णय हुन्छ', उनले भनिन्, 'सम्बन्धित दलसँग छलफल भइसकेपछि निष्कर्षमा पुग्न सकिन्छ। दलले जतिबेला मलाई सोध्छ।परामर्श छलफलमै के गर्ने भन्ने टुंगो लाग्छ।'

    रिक्त रहेको सभामुख पदलाई पूर्णता दिन प्रधानमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिँदै उनले मंसिरको तेस्रो सातातिर सभामुख पदले पूर्णता पाउने पनि बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]