समाज

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

मंसिर २५, २०७६

    सुर्खेत : प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो।
     
    इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईँले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिए। ‘घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ’, उनले भने, ‘अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]