समाज : सुरक्षा/अपराध

भोजपुरका दुई वडा कार्यालयमा आगजनी

मंसिर २५, २०७६

    भोजपुर : भोजपुरमा दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन्। रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

    पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टीतेल छर्केर कागज पत्र, कुर्सी, फर्निचर, लगायतका सामग्रीमा आगजनी भएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्।

    वडा कार्यालयको ढोका ह्याक्सोले काटिएको छ। यता, रामप्रसाद राई गाउँपालिका वडा–२ को कार्यालय भने पूर्णरूपमा ध्वस्त रहेको स्थानीयले बताएका छन्। घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]