राजनीति

कांग्रेस विवाद : चाक्सीबारीको वार्ता सकियो, आइतबार १ बजे कार्यसमिति बैठक

फाइल फोटो
मंसिर २८, २०७६

    काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन प्रकाशमान सिंहको निवासमा भएको बैठक टुंगिएको छ। शनिबार दिउँसो ४:३० बजेबाट सुरु भएको बैठक साँझ पौने आठ बजे आइतबार दिउँसो केन्द्रीय कार्यसमितिको बैठक बस्ने सहमति भएको कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले थाहाखबरलाई जानकारी दिए।

    ‘चाक्सिबारीमा भएको छलफल सकरात्मक रूपले अघि बढेर भर्खरै टुंगियो,’ उनले भने, 'केन्द्रीय समितिको बैठक पूर्वसूचनाअनुरूप आइतबार अपरान्ह १ बजे बस्नेछ।’ दुई पक्षबाट छलफलमा सहभागि भएकाहरूबीच के समझदारी भयो त्यो प्रवक्ता शर्माले खुलाउन चाहेनन्। स्रोतका अनुसार पौडेल आइतबारको बैठकमा पनि सहभागि हुने छैनन।

    सिंह निवासमा भएको छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्रकाशमान सिंहले छलफलको नेतृत्व गरेका थिए। छलफलमा दुवै पक्षका केही नेताहरू सहभागि रहेकको कांग्रेसले जनाएको छ।

    पार्टीमा छलफलविनै विभाग गठन प्रस्ताव गरेको भन्दै पौडेल पक्षले यसअघि बिहीबार बसेको केन्द्रीय पदाधिकारीको बैठक बहिस्कार गरेको थियो। पौडेल पक्षले आगामी महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्न सभापतिलाई पुरानै अडान दोहोर्‍याएका थिए।

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारलाई बोलाइएको छ। पौडेल पक्ष महाधिवेशनको तालिका नल्याए आइतबारको बैठक पनि बहिस्कार गर्ने बताउँदै आएको छ। यसअघि बिहीबारको बैठक वरिष्ठ नेता कृष्णप्रसाद सिटौला पक्षले पनि बहिस्कार गरेको थियो ।

    बिहीबारको बैठक बहिस्कार गरेका पौडेललाई फकाउन सभापति देउवा शनिबार विहान पौडेल निवास बोहोरा टार पुगेका थिए। पौडेलले आफ्नै निवासामा आएका सभापति देउवालाई पुरानै अडान दोहोर्‍याएपछि छलफल विनानिस्कर्ष टुंगिएको थियो।

    यी हुन कांग्रेसका ४१ विभाग

    १. संगठन विभाग

    २. सूचना, संचार तथा प्रचार विभाग

    ३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग

    ४. राज्य प्रशासन विभाग

    ५. आर्थिक नीति तथा योजना विभाग

    ६. अभिलेख, अनुगमन तथा मुल्यांकन विभाग ७. नेपाली जनसम्पर्क समिति समन्वय विभाग

    ८. संघीय मामिला तथा प्रदेश समन्वय विभाग

    ९. संसदीय मामिला विभाग

    १०. संवैधानिक तथा कानुन विभाग

    ११. स्थानीय तह समन्वय विभाग

    १२. महिला विभाग

    १३. तरुण विभाग

    १४. विद्यार्थी विभाग

    १५. जिल्ला सम्पर्क समिति समन्वय विभाग

    १६. पेशागत तथा बुद्धिजीवि विभाग

    १७. शिक्षा विभाग

    १८. स्वास्थ्य विभाग

    १९. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग

    २०. उद्योग व्यापार विभाग

    २१. पर्यटन विभाग

    २२. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग

    २३. कृषि तथा किसान विभाग

    २४. आदिवासी जनजाती विभाग

    २५. खेलकुद विभाग २६. प्राकृतिक श्रोत विभाग

    २७. साहित्य, कला तथा संस्कृति विभाग

    २८. श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग २९. फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग

    ३०. दलित विभाग

    ३१. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग

    ३२. मुस्लिम विभाग

    ३३. वन तथा वातावरण विभाग

    ३४. तराई मधेश विभाग

    ३५. वित्तीय संस्था तथा सहकारी समन्वय विभाग

    ३६. पिछडिएको क्षेत्र समन्वय विभाग

    ३७. विज्ञान तथा प्रविधि विभाग

    ३८. भूपू सैनिक विभाग

    ३९. अन्य पार्टी सम्पर्क र समन्वय विभाग

    ४०. शुभेच्छुक संस्था समन्वय विभाग

    ४१. अन्य भातृ संघ समन्वय विभाग

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]