राजनीति

भू-माफिया भन्दै स्थानीयले बनाए चारजनालाई बन्धक

मंसिर २८, २०७६

    पथरी : भोगचलन गर्दै आएको जग्गा किनबेचका लागि जग्गा दलाल आएको भन्दै पथरीशनिश्चरे-३ किरातीचौकका स्थानीयले केही व्यक्तिलाई नियन्त्रणमा लिएर दिन भर बन्धक बनाएका छन्। बारा बडीगल्लीका विवेक जौशवाल, दीपक काफ्ले, माधव लामिछाने र राजेश जौशवाललाई स्थानीयले नियन्त्रणमा लिएर बन्धक बनाएका हुन्।

    शनिबार बिहान भारतीय नम्बर प्लिलेटको कारमा आएका पाँचजनाको समूहलाई स्थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएका मध्ये एकजना भागेका छन्। नियन्त्रणमा लिने क्रममा स्थानीयले उनीहरूलाई कुटपिटसमेत गरेका थिए।

    स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएर किरातीचौकमा स्थापना गरिएको अस्थाइ प्रहरी पोष्टमा थुनेका थिए। किराती चौकमा प्रहरी पोष्ट निर्माण गरिए पनि सो पोष्टमा प्रहरी भने बस्ने गरेका छैन। सो पोष्टलाई स्थानीयले भू-माफिया बन्दीगृह नामकरण गरेका छन्।

    यसअघि पनि दुई पटक चारजनालाई स्थानीयले नियन्त्रणमा लिएर यसरी नै थुनेका थिए। उनीहरूले झापाका भरत भट्टराईलाई दुई महिनाअघि नियन्त्रणमा लिएर पहिलो भू-माफिया कैदी धोषणा गरेका थिए।

    प्रहरीले समस्या समाधान गर्न र घटनालाई आफ्नो नियन्त्रणमा लिन धेरै प्रयास गरेको थियो। साझ विराटनगरबाट थप प्रहरी प्रयोग गरि थुनिएका चारजनालाई इलाका प्रहरी कार्यालय पथरीमा लगेको छ।

    स्थानीयले पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलीपकुमार राईले सुकुम्बासीका समस्या समाधानको प्रतिबद्धता नजनाउन्जेल नियन्त्रणमा लिएकालाई प्रहरीको जिम्मा नलागाउने अडान लिएका थिए। यद्यपि प्रहरीले थप बल प्रयोग गरी चारैजनालाई इलाका प्रहरी कार्यालय पथरीमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]