अर्थ

डिजेल र पेट्रोलमा सरकारले बढायो विकास कर, अब प्रतिलिटर १० रुपैयाँ

फागुन १५, २०७६

    काठमाडौं : सरकारले  पेट्रोल र डिजेल विकास कर बढाएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्लेनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुराको जानकारी दिएका हुन्। 

    फागु १२ मा बसेको मन्त्रिपरिषद्को बैठकले डिजेल र पेट्रोलमा लगाइँदै आएको प्रतिलिटर ५ रुपैयाँ विकास करलाई बढाएर १० रुपैयाँ बनाएको हो।

    सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा. खतिवडाले यसबारे जानकारी दिएका हुन्। तत्कालीन मन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनकाण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन्। 

    सरकारले यसअघि गोरखा र धादिङमा बनाउन लागिको जलासययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाका लागि पेट्रोलियम पदार्थमा विकास कर लगाउने गरेको थियो। त्यसबेला सरकारले प्रतिलिटर ५  रुपैयाँ कर लगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]