समाज

कास्की अदालतका उपसचिव ३० हजार घुससहित पक्राउ

चैत ५, २०७६

    कास्की :  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीलाई ३० हजार रुपैयाँ घुससहित बुधबार राति पक्रेको छ। 

    पोखरा महानगरपालिका-५ पर्स्याङको मदिरा पसलबाट उनी उक्त घुस रकमसहित पक्राउ परेका हुन्। मदिरा पसलमा मुद्दाका एक पक्षसँग घुस लिइसकेपछि उनी पक्राउ परेका हुन्।

    अख्तियारको पोखरास्थित कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले पराजुली पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै उपसचिवसमेत रहेका पराजुलीले घुस मागेका थिए।

    सुरुमा पराजुलीले ५० हजार रुपैयाँ घुस मागेको खुलेको छ। तर बार्गेनिङका क्रममा ३० हजारमा कुरो मिलेपछि उनी घुस लिन रेस्टुरेन्टमा पसेका थिए। 

    घुससहित पक्राउ परेका पराजुलीको कास्की जिल्ला अदालतबाट सर्वोच्च अदालत काठमाडौंमा सरुवा भइसकेको थियो। पटक पटक विवादमा मुछिएका उनी रमाना पनि बुझेर काठमाडौं हिँड्ने बेला पक्राउ परेका हुन्। 

    यसअघि बागलुङमा हुँदा पनि उनको भूमिका विवादास्पद देखिएको थियो। मुद्दामै गडबडी गरेको भन्दै बागलुङमा उनीमाथि आक्रमण भएको थियो। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]